नियम ९२
लाभ हानिको खातामा रहने अरू कुराहरू
लाभ हानिको खातामा माथि लेखिएको विवरणहरूको अतिरिक्त सञ्चालकको पारिश्रमिक, म्यानेजिङ्ग डाइरेक्टरको तलब, कमिशन इत्यादि केही दिइएको भए त्यसको विवरण सञ्चालकलाई दिएको फी , कर्पोरेशनका कर्मचारीलाई दिएको तलब, ज्याला र अवमूल्यन (डिप्रिसिएसन) को निमित्त गरिएको व्यवस्थाको उल्लेख गरिनेछ ।